काठमाडाैं । यहाँ बसोबास गर्ने मगर र छन्त्याल समुदायले माघे संक्रान्ति पर्वलाई उल्लासपूर्वक मनाइरहेका छन्। जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे संक्रान्ति र साउनेसंक्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन्। अल्पसंख्यक छन्त्याल समुदायले माघेसंक्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन्। साउने संक्रान्तिलाई हिउँद र माघे संक्रान्तिलाई बर्खा सुरू भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन…