काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बिहीबार अपरान्ह सिंहदरबार अगाडिको हनुमानस्थानस्थित बसेरा बुटिक होटेलमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सचिवालय बैठक सुरु भएको हो । च्यासलस्थित केन्द्रीय कार्यालयमा बाढी पसेपछि होटलमा सचिवालय बैठक बस्नुपरेको हो । सचिवालय बैठकमा कार्यविभाजन र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बुझिएको छ । एमालेले राजकीय…