एकीकृत समाजवादी: वरिष्ठ उपाध्यक्षसहित २९९ केन्द्रीय सदस्यीय बनाउने

काठमाडौं । एकीकृत समाजवादी पार्टीले आगामी महाधिवेशनमार्फत केन्द्रीय कमिटी विस्तार गर्ने भएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले आगामी महाधिवेशनबाट वरिष्ठसहित सातदेखि ९ उपाध्यक्ष बनाउने निर्णय गरेको छ। यस्तै, बैठकले १५१ बाट थप गरेर २९९ केन्द्रीय कमिटी सदस्यीय बनाउने निर्णय गरेको हो। एकीकृत समाजवादीको महाधिवेशन आउँदो असार १६–२० मा काठमाडौंमा हुँदैछ।

Logo