काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाई हुँदैछ। पुर्पक्षका लागि थुनामा रहेका रायमाझीसहित १० जनाले सर्वोच्चमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाई हुँदैछ। सर्वोच्चका न्यायाधीशद्धय टेकप्रसाद ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासमा गत सातादेखि भईरहेको सुनुवाई हेर्दाहेर्दैमा राखिएको थियो।…