काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फलका रुपमा घोषणा गरेपछि यसको महत्वका बारेमा चासो बढेको छ। कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले सुन्तलालाई राष्ट्रिय फल घोषणाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि शुक्रबार सरकारले राष्ट्रिय फलका रुपमा सुन्तलालाई मान्यता दिएको हो। कृषि मन्त्रालय अन्तर्गत राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रले अनुसन्धान गरी सुन्तलालाई राष्ट्रिय फल बनाउन मन्त्रालयमा प्रस्ताव गरेको…