गण्डकी प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारीलाई नियुक्त गर्न पेश गरेको दाबी असंवैधानिक रहेको बताएको छ । कांग्रेस प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आज अधिकारीले ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर प्रदेशप्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न बुझाएको निवेदनलाई असंवैधानिक र जालझेलपूर्ण भनेका हुन् । ‘म आफूलाई जानकारी हुन आएअनुसार प्रदेश सभाका बहुमत…