काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले बाँसबारी छाला जुत्ता कारखानाले हडपेको सरकारी जग्गा सरकारको नाममा आउनेमा शंका गर्नै नपर्ने बताएका छन्। शनिबार ललितपुरको पाटनमा आयोजित ‘गृहमन्त्री सँग संमृद्धि र सुशासनका कुरा’ नामक अन्तरक्रिया कार्यक्रममा उनले सुशासन र संमृद्धिका लागि ब्युरोक्रेसिका उच्च तहका मान्छे र राजनीतिमा पहुँच राख्ने सम्पतिशाली मान्छेले जे पनि गर्न सक्छन् भन्ने…