काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान विश्वमा देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ खटिएका सैनिकले खतराको सामना गर्नुपरेको बताएका छन्। ‘चौथो शान्ति प्रयास’ अभ्यासको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले बहुस्तरीय प्रकृतिका द्वन्द्वका विषयमा हामीहरू सचेत हुनुपर्ने बताएका हुन्। शान्ति स्थापनाकार्य जटिल राजनीतिक-सैन्य-मानवीय प्रयासका रूपमा विकसित भएको उल्लेख गर्दै…