काठमाडौँ। सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलाली जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट अधिवेशन उद्घाटन हुने भएको छ। योसँग प्रदेशका अन्य जिल्लामा पनि अधिवेशनको सरगर्मी बढेको हो। कैलालीमा एमालेको नेतृत्व हात पार्न नेताहरूले दौडधुप चुलिएको छ। यहाँ नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा…