नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले माओवादी केन्द्रसँगको अप्राकृतिक गठबन्धनको अन्त्य गर्नुपर्ने बताएका छन् । कांग्रेस महासमिति बैठकअघि शनिबार काठमाडौंमा पार्टी रुपान्तरणका लागि आफ्नो अवधारणा पत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सांसद शर्माले कुनै कार्यक्रम नै नमिल्ने पार्टीहरुसँगको गठबन्धनबाट बनेको सरकारका कामकारवाही प्रभावकारी हुन नसकेको र यसलाई अन्त्य गरेर कांग्रेसको नेतृत्वमा जनमुखि सरकार बनाउनुपर्ने बताएका…