काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको हो। बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुन सक्ने बताइएको छ। आजको बैठकले थप आवश्यक प्रशासनिक निर्णयसमेत गर्न सक्ने बुझिएको छ।