जुम्ला । जुम्लाको पातारासी गाउँपालिका-१ मा निर्माणाधीन चुकेनी विद्युत् आयोजनाको कामले अझै गतिलिन सकेको छैन। सो विद्युत् आयोजनाको क्षमता नौ सय ९८ किलोवाट रहेको छ। अठार महिनामा सकिनुपर्ने आयोजना सम्झौता भएको चार वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन। चुकेनी जलविद्युत् आयोजनाको सम्झौता २०७६ जेठ १० गते भएको थियो। सम्झौताको मितिबाट १८ महिनामै सकिनुपर्नेमा…