काठमाडाैँ। नेपाली यू–१९ क्रिकेट टोलीले बुधबार आइसिसी यू–१९ विश्वकपअन्तर्गत दोस्रो खेल पाकिस्तानविरुद्ध खेल्दैछ। खेल बुधबार नेपाली समय अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा सुरु हुनेछ। आइतबार पहिलो खेलमा न्युजिल्यान्डसँग ५४ रनले पराजित नेपालका लागि दोस्रो खेलमा पाकिस्तानविरुद्ध जित्नै पर्ने दबाब रहेको छ। अर्कोतर्फ नेपाललाई पराजित गरेको खण्डमा…