काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले नयाँ संसदमा प्रयोग भएको काठ कुन देशको प्रयोग गरिएको हो भन्दै प्रश्न गरेकी छिन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले संसद् भवनका कुर्सीहरू कुन देशको काठबाट बनेका हुन भनेर प्रश्न गर्दै नेपालमा काठको पर्याप्त सम्भावना हुँदाहुँदै पनि वार्षिक अर्बौं रुपैयाँको काठजन्य सामग्री आयात भइरहेकोप्रति उनले गम्भीर चिन्ता…