काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिरमा रुद्राभिषेक पूजा गर्दै निर्वाचन शान्तिपूर्ण सम्पन्न भएकोमा आराध्यदेवलाई धन्यवाद व्यक्त गरेकी छन्। प्रधानमन्त्री कार्कीले मुलुकलाई शान्ति, स्थायित्व र उन्नतिको मार्गमा अग्रसर गराउन सबै पक्षबाट प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा देश समृद्धि र एकताका मार्गमा अघि बढोस् भनी कामना गरिन्। उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक…