काठमाडौं। महाशिवरात्रि पर्वका अवसरमा पशुपति लगायतका शिवालयहरुमा हुनसक्ने सम्भावित भिडभाड रोक्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष ट्राफिक योजना अपनाएको छ । अनावश्यक भिडभाड हुँदाको अवस्थालाई मध्यनजर गर्दै सवारी आवागमन रुट तय गरी पार्किङको स्थान तोकेर प्रहरीले विशेष सुरक्षा रणनीति अपनाएको हो । पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न कार्यालयले अपनाएको सुरक्षा रणनीति…