बाँके । ‘हामीले यो ठाउँलाई केवल बस्ने ठाउँ मात्रै बनाएका थिएनौँ, यहीँ हाम्रो जीवन थियो, बच्चाहरूको भविष्य थियो, बूढाबूढीको सहारा थियो,’ शान्तिनगरकी देवकला सापकोटाले भक्कानिँदै भनिन्, ‘डोजर चलेको दिनदेखि बच्चाहरू डराएर रातभर सुत्न सकिरहेका छैनन् । उनीहरू आफ्नो किताबकापी खोजिरहेका छन् । स्कूल जानुपर्ने उमेरका छोराछोरी अहिले खुला आकाशमुनि बस्न बाध्य छन् । बिहान उठ्दा…