काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले देशभर घुमन्ते उम्मेदवार जाने चलन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चलाएको आरोप लगाएका छन्। राष्ट्रिय युवा संघ, केन्द्रीय युवा परिषद्को बैठकमा उनले मतदाताहरूसँग आग्रह गरे कि घुमन्ते उम्मेदवारलाई घुमाएर फर्काउनुपर्छ र रैथाने उम्मेदवारलाई मतदान गर्नुपर्छ। उनले भने, “अहिले घुमन्ते उम्मेदवार देशभर जाने चलन रास्वपाले चलाएको छ । घुमन्तेलाई घुमाइदिनुस्,…