काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समिति निर्वाचन आयोग पुगेपछि संस्थापन पक्ष एक ठाउँमा उभिएका छन् । सभापति शेरबहादुर देउवा समूहले वरिष्ठ वकिलहरूसँग परामर्श गरी विशेष महाधिवेशन वैध छ कि छैन ? भन्ने विषयमा राय लिएका हुन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्का निवास हात्तिगौडामा भएको परामर्शमा पूर्वमहान्यायाधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, वरिष्ठ अधिवक्ता शेरबहादुर…