काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि नेपाली कामदारको भिसा तथा टिकटको रकम रोजगारदाताले नै बेहोर्नुपर्ने (फ्रि भिसा–फ्रि टिकट)व्यवस्था परिमार्जनको तयारी गरेको छ। यूवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले फ्रि–भिसा फ्रि–टिकटलाई परिमार्जन गर्ने अन्तिम तयारीमा रहेको बताए। मन्त्रालयमै वैदेशिक रोजगार व्यवसायीहरूसँगको छलफलमा मन्त्री यादवले फ्रि–भिसा फ्रि–टिकटको व्यवस्था परिमार्जन गर्ने र युरोपको रोजगारीलाई संस्थागत गर्ने पक्षमा रहेको…