काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले नेपालको सीमा सम्बन्धी समस्या समाधानका लागि सरकारले कूटनीतिक पहललाई तीव्रता दिनुपर्ने बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सीमा सम्बन्धी विषयमा आफ्नो पार्टीको धारणा स्पष्ट रहेको उल्लेख गर्दै मिचिएको नेपाली भूमि फिर्ता ल्याउन कूटनीतिक माध्यमबाट पहल गर्नुपर्ने बताए। उनले दशगजा क्षेत्रमा…