काठमाडौं। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले राष्ट्रियता जोगाउने उद्देश्यसहित निर्वासन त्यागेर स्वदेश फर्किएको सम्झनामा आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ गते कोइरालाको नेतृत्वमा गणेशमान सिंह, शैलजा आचार्यलगायत कांग्रेसका नेता–कार्यकर्ता आठ वर्षको निर्वासन अन्त्य गर्दै मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए। तत्कालीन पञ्चायती शासनविरुद्ध संघर्षरत कोइरालामाथि मृत्युदण्डसम्मका मुद्दा रहे पनि…