सुर्खेत । नेपाली कम्युनिष्ट पार्टीका नेताहरुले कर्णाली पुगेर जनतासँग माफी मागेका छन् । कहिल्यै नथाक्ने क्रान्तिको नारा बोकेको कर्णालीमा यसपटक कम्युनिस्ट नेताहरू फरक मुहारमा देखिए । नाराभन्दा अघि आत्मालोचना, आरोपभन्दा अघि माफी र सत्ता–शक्तिभन्दा अगाडि ‘सच्चिने प्रतिबद्धता’ बोकेर उनीहरू जनतामाझ आएका उनीहरुले बताएका छन् । वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय सन्देश सभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का…