काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बागमती डर्बीमा काठमाडौं गोर्खाजले चितवन राइनोजसामू सामान्य लक्ष्य प्रस्तुत गरेकाे छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको काठमाडौं १९.४ ओभरमा अलआउट हुँदै १४२ रनमा समेटिएकाे हाे । गोर्खाजको इनिङ्सलाई मध्यम स्कोरसम्म पुर्याउन विकेटकिपर-ब्याट्सम्यान जोन सिम्प्सनले विस्फोटक ब्याटिङ गरे। उनले मात्र २९ बलको…