काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव नहुने बताएकी छिन् । बिहीबार समाजिक सुरक्षा दिवस अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सामाजिक सुरक्षा अन्तरपुस्ता लागत, सन्तुलन र समतामुलक बनाउनको लागि योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताइन् । उनले भनिन्,‘बद्लिँदो भूमिकाको जिम्मेवारीलाई नियाल्दै गर्दा परिपूर्ण सामाजिक सुरक्षा…