मधेसको मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदले दर्ता गरेको रिटको पेसी आज हुँदै

काठमाडौं । मधेसको मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदले दर्ता गरेको रिटमा आज पेसी तोकिएको छ । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए । कुल ११० सदस्यीय प्रदेशसभाका ७४ सांसदले मुख्यमन्त्री नियुक्ति संवैधानिक नभएको दाबीसहित रिट दायर गरेका छन् । उनीहरूले नियुक्तिको निर्णय स्थगन गरी पुनः संवैधानिक आह्वानका लागि अन्तरिम आदेश माग…

Logo