काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइएको छ । फ्लडलाइटको निर्माण व्यवसायीले आइतबार एक दिनमै दुई पोल उठाएपछि ६ वटै पोल ठड्याउने काम सम्पन्न भएको छ । रङ्गशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०/३० टनका हाइमास्ट लाइट जडान गरिएका हुन् । पोल नं…