काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई औपचारिक संग्रहालयका रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मा लगाउनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित देवकोटाको ११७ औँ जन्मजयन्तीको अवसरमा आयोजित व्यक्तित्व चर्चा तथा कविता वाचन कार्यक्रममा बोल्दै कुलपति राईले हाल नेपाल प्रज्ञा प्रतिष्ठानले ‘घुमाउरो तरिकाले’ देवकोटाको संग्रहालय सञ्चालन गरिरहेको भन्दै…