काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई सहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गर्दै युवाहरूको समूह ‘जेनजी मुभमेन्ट अलायन्स’ अख्तियार कार्यालय पुगेको छ । आज बिहान टंगालस्थित अख्तियार मुख्यालयमा पुगेर जेन जीको यस समूहले निवेदन दर्ता गराएको हो । अख्तियारको नेतृत्वमा रहेका पदाधिकारीहरूको नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै र आयोगले ठूला भ्रष्टाचारका मामिलाहरूमा निष्पक्ष…