काठमाडौँ। अबदेखी अन्तरराष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने भएको छ । महालेखा नियन्त्रक कार्यालयले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तराष्ट्रिय भुक्तानी प्रणाली जडान गरिएको जनाएको छ । राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तराष्ट्रिय भुक्तानी प्रणाली आज देखि जोडिएको र सञ्चालनमा आएको प्रवक्ता दीपक लामिछानेले जानकारी दिएका छन्। अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले संयुक्त रुपमा…