काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । जेनजी पुस्ता (युवा पुस्ता) माथि भएको आक्रमणलाई लक्षित गरी महामन्त्री थापाले प्रधानमन्त्रीकाे राजीनामा माग गर्दै कांग्रेसलाई पनि सरकारबाट तत्काल बाहिरिन आग्रह गरेका छन्। उनले हालै भएको घटनामा भएको दमनको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन्। 'रातभर सुत्न सकिन। म जस्तै…