एमालेले बोलायो संसदीय दलको आकस्मिक बैठक, ११ बजेभित्र उपस्थित भइसक्न ह्वीप

काठमाडौं । नेकपा एमालेले संसदीय दलको आकस्मिक बैठक बोलाएका छन् । आज बिहान ११ बजेका लागि संसदीय कार्यालयमा आकस्मिक संसदीय दलको बैठक राखिएको हो । बैठकका एजेण्डाबारे प्रष्ट नपारेपनि सांसदहरुलाई सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा ११ बजे उपस्थित हुन ह्वीप नै लगाइएको छ । प्रतिनिधि सभाको बैठक भोलि बुधबार बस्दैछ ।

Logo