काठमाडाैं । म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई सरकारले ५ लाख रूपैयाँ नगद पुरस्कार दिने भएकाे छ । मन्त्रिपरिषद्को निर्णयअनुसार ढाँटलाई नगदसहित सम्मान गरिने भएकाे हाे । उनले केही दिनअघि भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए । उनी मिक्स मार्सल आर्ट्स…