काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन हाल गम्भीर संकटमा रहेको बताएका छन् । नेकपा स्थापना दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले समग्र राजनीतिक अवस्था अन्योलपूर्ण रहेको उल्लेख गरे । उनले भने, ‘अहिले सबैतिर एक प्रकारले भन्ने हो भने गहन चिन्तन गर्नुपर्ने अवस्था छ । आज कम्युनिस्ट आन्दोलन जुन संकटमा पुगेको…