काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले कम्युनिष्ट पार्टी स्थापना दिवसलाई केवल स्मरणको दिन नभई वर्तमान चुनौतीसँग जुध्ने दृढ प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसमेत साझा गर्दै अहिलेको राजनीतिक अवस्थाप्रति कडा टिप्पणी गरेका छन्। बस्नेतका अनुसार हालको सरकार गठनपछि समाजमा असमानता, बेरोजगारी, महँगी…