धनुषा । जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली चलचित्र महोत्सव आजदेखि सुरु हुँदैछ। जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामद्वारा संयुक्त रुपमा पहिलो पटक महोत्सव आयोजन हुन लागेको हो। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्सवको शुभारम्भ गर्नहुने कार्यक्रम रहेको लोक सञ्चारका अध्यक्ष एवं कार्यक्रम संयोजक रमेश रञ्जन झाले जानकारी दिए। दुई दिनसम्म चल्ने महोत्सवमा ललका पाग, लोटस ब्लुम्स र…