गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनमा कुमार पन्तले अध्यक्षको उम्मेदवारी दिएका छन् ।सन् १९७६ मा जन्मिएका पन्त गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष हुन् । पन्तले जर्मनलगायतका युरोपका विभिन्न मुलकका होटेलहरूमा लगानी गरेका छन् । साथै नेपालमा जलविद्युत् परियोजना, बैंकिङ, रेमिट्यान्स, रियल स्टेट, सिमेन्ट उद्योगलगायतमा समेत उनको लगानी छ ।सन् २००४ मा एनआरएनए अभियानमा संलग्न भएका पन्तले…