काठमाडौं । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को २०२६–२०२८ कार्यकालका लागि मध्यपूर्व संयोजक पदमा रमेश श्रेष्ठ पुनः निर्विरोध निर्वाचित भएका छन्। लामो समयदेखि युएईसहित मध्यपूर्व क्षेत्रमा व्यावसायिक तथा सामाजिक गतिविधिमा सक्रिय श्रेष्ठ एनआरएनएभित्र अनुभवी, संयमित र परिणाममुखी नेतृत्वका रूपमा परिचित छन्। उनी जि सिडी ग्रुपका अध्यक्ष हुन । साधारण सदस्यबाट सुरु…