काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनमा महिला संयोजक पदका लागि प्रसुना कंडेलले उम्मेदवारी दिएकी छन्। बेलायतमा बस्ने कंडेल हाल एनआरएनए युरोप महिला संयोजक हुन्। उनले विदेशमा अन्यायमा परेका महिलाका समस्या, महिला सशक्तिकरण, नेतृत्व, घरेलु हिंसा र मानसिक स्वास्थ्यजस्ता विषयमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। कंडेलले विदेशमा बस्ने महिलालाई उद्धमशीलतामा अघि बढाउन सहयोग…