काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार (एनआरएनए)का अध्यक्ष कृष्ण पन्थीले एनआरएनए आइसीसीले मध्यपूर्व क्षेत्रलाई जहिल्यै पनि ‘भोट बैंक’का रूपमा प्रयोग गर्दै आएको आरोप लगाएका छन् ।उनले मध्यपूर्वमा हाल विषम परिस्थिति कायम रहेका बेला पनि आइसीसीले प्रतिनिधि (डेलिगेट्स) चयन प्रक्रियामै केन्द्रित रहेको भन्दै यसले मध्यपूर्व क्षेत्रलाई जहिल्यै पनि भोट बैंकको रूपमा प्रयोग गर्दै…