काठमाडौं ।आप्रवासी कामदार तथा तिनका परिवारका सदस्यको अधिकार संरक्षणमा विश्व समुदायलाई खबरदारी गर्ने उद्देश्यले बुधबार (आज) विश्वभर आप्रवासी कामदार दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय महासभाले आप्रवासी कामदार र तिनका परिवारका सदस्यको अधिकार संरक्षण सम्बन्धी महासन्धि, १९९० पारित गरेको दिनको स्मरणमा प्रत्येक वर्ष डिसेम्बर १८ का दिनलाई अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका रूपमा मनाउने गरिएको हो…