काठमाडौँ ।सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी प्रकोप भएको क्षेत्र चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको उद्धार गर्ने भएको छ । बेइजिङस्थित नेपाली राजदूतावासले शनिबार विज्ञप्ति प्रकाशित गरी नेपाल फर्कन चाहनेलाई फाराम भर्न आग्रह गरेको हो ।हुवेइको बुहानबाट कोरोना भाइरसको सङ्क्रमण शुरु भएको हुँदा हुवेइमा रहेका सबै नेपाली नागरिकलाई विच्याटमार्फत सूचना दिइसकेको दूतावासले जनाएको छ ।…