कानून र प्रक्रिया मिचेर राज्यकोषबाट खर्च भएको बेरुजु रकम झण्डै १२ खर्ब पुगेको पाइएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले पेश गरेको ६१औँ वार्षिक प्रतिवदेनअनुसार बेरुजु रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको पाइएको हो । सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह…