काठमाडौं । एमालेका उपाध्यक्ष विष्णु पौडेलले अगामी आर्थिक वर्षको बजेट देशको आर्थिक अवस्थामा आधारित हुनुपर्ने बताएका छन् । आर्थिक वर्ष २०८१/०८२ को बजेटको कार्यादेशबारे छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले देशको वस्तुगत अवस्था र आर्थिक अवस्थामा आधारित बजेट बन्नुपर्ने बताएका हुन् । उनले भने, ‘यो बजेट मैले बुझ्दाखेरि मुलभूत रुपमा हाम्रा इच्छा र आकांक्षामा आधारित हुन सक्दैन…