महेन्द्रनगर (कञ्चनपुर) । जिल्लाको भीमदत्त नगरपालिका-१९ बागफाँटाका ३९ वर्षीय महेशबहादुर सिंह व्यावसायिक गड्यौलाको मल उत्पादन गरी आत्मनिर्भर बनेका छन् । पाँच वर्षअघिसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राजनीतिमा सक्रिय रहेका उनको परिचय पछिल्लो समय फेरिएको छ । छोटो समयमा उनी जैविक मल उत्पादन गर्ने किसानमा अग्रस्थानमा छन् । राजनीतिप्रतिको वितृष्णा र राजनीतिभित्रको गुटबन्दीप्रति असन्तुष्टि व्यक्त गर्दै…