मोटरहेडको नेपालका लागि आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेडले ग्राहकहरुलाई आकर्षक छुट दिने भएको छ । कम्पनीका अनुसार मोटरहेड स्क्र्याम्बलर मोटरसाइकल खरिदमा ३५ हजार रुपैयाँ छुट उपलब्ध गराइने भएको हो । मोटरहेडले स्टक क्लियरेन्स अफरको रुपमा यो छुट उपलब्ध गराएको हो । नेपाली बजारमा हाल स्क्र्याम्बलर मोटरसाइकलको मूल्य ४ लाख ९५ हजार रुपैयाँ छ । रेट्रो…