सुगन्धित तेल प्रशोधन गर्न लमजुङकाे सुन्दरबजारमा स्थापना भएकाे आदेय प्रशोधन केन्द्र हलेदो अभावले संकटमा परेको छ । हलेदो (कच्चा पदार्थ) बाट तेल निकाल्ने गरी स्थापना भएको उद्योग नेपालकै पहिलाे हो । यस उद्योगले हलेदोलाई वाष्पिकरण विधिबाट ताप दिई तेल उत्पादन गर्दै आएकाे छ । हलेदोबाट तेल उत्पादन गर्न पानी र दाउरा प्रयोग गरिन्छ । पानी र दाउराको सहज…