भारत सरकारले गहु, चिनि लगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने कुरा नेपालमा लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले स्पष्ट पारेका छन् । नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज उनको सम्मानमा महासंघ सचिवालयमा आयोजना गरिएको औपचारिक भेटवार्तामा सो कुरा बताएका हुन । राजदूत श्रीवास्तवको महासंघ सचिवालयमा अध्यक्ष शेखर गोल्छाले…