अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ मा प्रस्तुत बजेट भाषणबाट नेपालका स्यानिटरी प्याड, घिउतेल र एमएस वायरमा आधारित गरी तीन प्रकारका उद्योग बन्द हुने भन्दै मोरङका तीन प्रमुख व्यावसायिक संस्था आन्दोलनमा उत्रिएका छन्। सरकारको आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा ल्याइएको प्रावधानले सेनिटरी प्याड, घिउतेल र वायर उद्योग बन्द हुने पूर्वका उद्योगीहरुको गुनासो छ। बजेटमा प्रस्तुत राजस्व संरचनाले…