दाङ गढवा गाउँपालिकाकी सीता घर्ती विपन्न महिला हुन् । उनले आफ्नो जीविका चलाउन दैनिक श्रम गर्ने र छाक टार्ने गर्दै आएकी थिइन् । दुई वर्षअघि उनले जीविकोपार्जनका लागि बाख्रा पालनका लागि अनुदान रकम पाइन् । व्यवसायिक पशु पालनका लागि पाएको २५ हजार रुपैयाँले उनले चारवटा माउ बाख्रा किनिन् । एक वर्षमा दोब्बर बाख्रा भए ।…